सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा पर्ने मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको ज्यान गएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर ज्यान गएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट हिजो लेक लागेर बिरामी हुनुभएको थियो । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आउनुभएको थियो ।
ुउहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँड्नुभएको थियोु, वडाध्यक्ष शेर्पाले भन्नुभयो । विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत् सेदुवा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिन लाग्छ। घटनाका बारेमा आज मात्रै जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो ।