ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।बुधबार राति ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
लामा लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको अध्यक्ष तामाङले बताए । ४५ वर्षीय लामाका परिवारमा आमा र एक भाइ छन् । उनको निधनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेशकुमार महतले दुःख व्यक्त गरेका छन् ।