ओखलढुंगा जिल्ला अदालतले बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद सजाय सुनाएको छ । ओखलढुङ्गा जिल्ला अदालतले १२ वर्षिया बालिकालाई बलात्कार गरेको पुष्टि गर्दै सिद्धिचरण नगरपालिका–३ का ७७ वर्षिय फडिन्द्रप्रसाद दाहाल, ३० वर्षिय डम्बरबहादुर भुलेल र ३७ वर्षिय केबल भुजेल तथा सिद्धिचरण नगरपालिका–२ का ४४ वर्षिय पुर्णप्रसाद फुयाँललाई जनही १८ वर्षको कैद सजाय सुनाएको हो ।
न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुलाई जनही छ लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने फैसला पनि गरेको ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार नविन खनालले जानकारी दिनुभयो ।