दाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी


 दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । विरामी पर्नेमा बङ्गलाचुली गाउँपालिका ४ मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार रहेको प्रहरीले जनाएको छ ।

वनबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको थियो । उनीहरुलाई बङ्गलाचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।