बाँकेमा शुक्रबार राति भएको सवारी दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अस्पताल पुगेका छन्।
दाङका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेर गृह जिल्ला बर्दिया तर्फ जादै गरेको बस रोकिराखेको ट्रक संग ठोक्किदा सात जनाको मुत्यु भएको थियो। उक्त दुर्घटनाका १३ जना घाइतेको कोहलपुरमा उपचार जारी छ।
मुख्यमन्त्री चौधरी कोहलपुर मेडिकल कलेजमा पुगेर उपचाररत १३ घाइतेहरुलाई भेटेर घाइतेको स्वास्थ्य अवस्था बुझ्नुको साथै स्वास्थ्य लाभको कामना गरे।
मुख्यमन्त्रीले घाइतेहरुको उपचारमा कुनै कमी कमजोरी नगर्न अस्पताल प्रशासनलाई आग्रह गरे। दुर्घटनाका घाइतेहरुको उपचार र मृतकका परिवारलाई राहतका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन पनि उनले दिएका छन्।
त्यसक्रममा अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या वा कमि कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
बाँकेमा उपचार सम्भव नभएकालाई बाहिर रिफर गरिएको प्रमुख सिंहले बताएका थिए।
मुख्यमन्त्रीको साथमा नेपाली काँग्रेस संसदीय दलका नेता जन्मजय तिमिल्सिनापनि घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
शनिबार बर्दियाको ठाकुरद्धार नगरपालिका (९ का स्थानीय दाङको अवलोकन भ्रमण सकेर फर्किदै गर्दा दुर्घटनामा परेका थिए ।
बाँकेको राप्तीसोनारी गाउँपालिका(८ शम्शेरगञ्जमा शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो।
बर्दियाको ठाकुरबाबा नगरपालिका(९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारूको दुर्घटनामा परि मुत्यु भएको बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका थिए।
बसका चालक बर्दियाको ठाकुरबाबा (८ का ५५ वर्षीय जुगबहादुर चन्द र सहचालक बर्दियाको (बारबार्दिया नगरपालिका (७ का ३४ बसन्त कार्कीको पनि उक्त दुर्घटनामा परि मृत्यु भएको थियो ।