गुल्मीमा घर बनाउने क्रममा माथी बाट पहिरो खस्दा एक युवकको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर प्यूठानको गौमुखी गाउँपालिका( ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानका अनुसार रेसुङ्गा नगरपालिका(३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे
र प्यूठानको गौमुखी( ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् । उनीहरुको जील्ला अस्पताल तम्घासमा उपचार भइरहेको र अवस्था सामान्य रहेको एसपी नविनकीशोर प्रधानले बताएका छन् ।