भुकम्पका कारण परिवारका सवै सदस्य गुमाएकी ९ बर्षीय प्रेमकली भईन एक्लै

Microlink Media

२१ कार्तिक २०८०, मंगलबार


जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार गएको विनाशकारि भुकम्पमा धेरैले आफ्ना आफन्त गुमाउनु पर्यो । सवैजाना आफ्ना आफन्तको वियोगमा रोइरहेका छन् । त्यसमध्य जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीको इम्ले गाउँकी ९ बर्षीय प्रेमकली विकले भुकम्पका कारण आफ्ना आमाबुवा र दुइ दाइलाई एकैचोटी गुमाएकी छीन् ।

परिवारका ४ जाना सदस्यलाई गुमाएकी प्रेमकली अव एक्लै छीन् । संगै सुतेका आमाबुवा र दुइ दाजुहरु भुकम्पको भग्नावशेषमा पुरिए प्रेमकली मात्रै बाचीन् । यतीवेला उनको सर्वोश्व सकीएको छ । परिवार गुमाएकी प्रेमकलीको संसार नै अंधकार भएको छ । उनी परिवारलाई सम्झेर रोइकराई गरिरहेकी छीन् ।

उनी अझै पनि राम्रो संग बोल्न सकीरहेकी छैनीन् । उनको अवस्था देख्दा जो कोहीको मन रुन सक्छ । प्रेमकलीका अनुसार शुक्रबार साझ खाना खाएर ६ जाना संगै सुतेका थिए । शुक्रबार राती ११ः४७ बजे चीउरिको इम्ले गाउँका ५५ बर्षीय हीरे कामी,उनकी श्रीमती ३० बर्षीय चन्द्रकली कामी, छोराहरु १५ बर्षीय सुनील विका र १४ बर्षीय विमल बीक भुकम्पले भत्कीएको घरमा पुरिएर ज्यान गुमाए ।

९ बर्षीय प्रेमकली र छीमेकी घरकी छोरि १४ बर्षीय रुपा विक संयोगले बाचे । प्रेमकलीका अनुसार अव जीउदो भनेका उनका एक दीदी र एक दाइ मात्र छन् । दीदीको विवाह भइसकेको छ भने दाई कामको सीलसीलामा भारत गएका थिए उनी उतै जेलमा छन् । भुकम्प गएपछि बुवा आमाले बचाउ बचाउ भन्दै कराएको सम्झना प्रेमकली सुनाउछीन् । उद्धारकर्ता विमला बिकका अनुसार, सुरुमा माथिल्लो पट्टी देखिएका रुपा र प्रेमकलीलाई उद्दार गरिएको थियो ।

विमलाका अनुसार, प्रेमकलीको अनुहार र खुट्टामा चोट लागेको थियो । उनलाई बेहोस अवस्थामा उद्दार गरेर नलगाड नगरपालिकाको कार्यालय छेउ रहेको नलगाड स्वास्थ्य चौकीमा पठाइएको थियो । रुपाको पनि टाउको र खुट्टामा चोट लागेको थियो । ‘बच्चाहरुलाई निकालुञ्जेल हिरे कामी को बचाउ बचाउ आवाज आइरहेको थियो, तर बच्चाहरुलाई निकाल्दा निकाल्दै आवाज आउन छाड्यो’, बीमला संगै रहेकी नन्दकलीले भनिन, ‘नजिकै उहाँकी श्रीमती चन्द्रकला कामी, उहाँका छोरा सुनिल विक र विमल विक पनि पुरिइसकेका रहेछन ।’

चारै जनालाई निकाल्दा शनिबार बिहान झण्डै ४ बजिसकेको थियो । बाहिर निकाल्दा सबैको सास थिएन । यद्यपि, उज्यालो भएर प्रहरी र चिकित्सकहरुको टोली आएपछि मात्र उनीहरुलाई मृत घोषित गरिएको थियो । ‘माथि रहेका दुई जना बच्चीहरुबाहेक कोही बचेनन, यो परिवारको अब एक जना छोरो र त्यही छोरी मात्र बाँकी भयो’, नन्दकलीले थपिन, ‘छोरो पनि काम गर्न भारतको मनाली गएकाले जोगियो ।’

पुरिएको घरबाट निकाल्नका लागि केही सामान नहुँदा पनि उद्दारमा समस्या भएको उनले बताइन । ‘गाउँमा पर्तिरबाट पनि आउने स्थिति भएन, त्यता पनि मान्छेहरु बितेका थिए’, नन्दकलीले सुनाइन, ‘दाइहरु उद्दार नपाएरै पनि बित्नुभयो, समयमा निकाल्न सकेको भए जोगिनुहुन्थ्यो ।’ शुक्रबार राति गएको ६।४ रेक्टर स्केलको भूकम्पले छोरी, नातीहरु बितेको थाहा पाएपछि खलङ्गाबाट प्रेमकलीकी हजुरआमा ७० वर्षीया मोती विक पनि आइतबार राति इम्ले गाउँ आइपुगेकी छन ।

‘परिवार सबै सकियो, एउटा नातिनी मात्र बचेकी छ‘’, विकले रुँदै भनिन, ‘८ वर्षमै टुहुरी भई अब उसलाई कसले पाल्ला ?’ भूकम्पले भत्किएको घरको दलानमा टुक्रुक्क बस्दै बिक निकैबेर रोइरहिन । छरछिमेकी आएर उनलाई समात्दै सम्झाउने कोशिस गरिरहे । गाउँभरि सबैतिर परिवारका कोही न कोही सदस्य बिछोडिएको उनले बताइरहेकी थिइन् ।

केहीबेरमा मोती आफैंलाई सान्त्वना दिन थालिन्, ‘कोही नहुनेका भगवान त होलान नि १’ एकैघरमा चार जना बितेको यो गाउँमा शुक्रबार मध्यराति गएको भूकम्पमा परेर १३ जनाले ज्यान गुमाएका छन । गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ । गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारमा ल्याएर दाहसंस्कार गरेका छन ।

भग्नावशेषबाट उद्दार गरिएकी १४ वर्षीया रुपा बिक राति बेहोस अवस्थामा थिइन । ‘एक्कासी तल खसेर पुरिएँ, मैले केही थाहा पाइनँ’, उपचारपछि आइतबार अपराह्न घर फर्किएकी उनले भनिन्, ‘मैले एकैपटक दल्लीमा आइपुगेको मात्र थाहा पाएँ ।’ दल्लीमा रहेको नलगाड नगरपालिकाको कार्यालय छेउमै प्राथमिक स्वास्थ्य चौकी छ । त्यहीँ उपचारपछि उनी होसमा आएकी थिइन ।

चिउरीमा रहेको नेपाल राष्ट्रिय आदर्श विद्यालयमा कक्षा ९ मा पढ्ने रुपा भन्छिन, ‘टाउको र हातमा चोट लाग्यो, अहिले पनि हल्लिन गाह्रो हुन्छ ।’ उनी अहिलेसम्म सामान्य अवस्थामा फर्किन सकेकी छैनन । केहीबेर बोल्छिन्, फेरि रुन थालिहाल्छिन । रुपासँगै उद्दार गरिएकी ८ वर्षीय प्रेमकली विकको अवस्था पनि उस्तै छ । भूकम्पबाट घर भत्किएर बुबाआमा गुमाएकी उनी अझै राम्रोसँग बोल्न सकिरहेकी छैनन् । भन्छिन्, ‘एकैपटक आएर घरको सबै र्पुयो ।’