प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरु भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ।
गणतन्त्र विरोधी अभीयान्ता दुर्गा प्रसाईं पक्षले आज गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए।
प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आचार्य श्रीनिवासले उग्र अभीव्यक्ती दीएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए। उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै उनीमाथि मुद्दा चलाउने तयारी गरिएको हो।
यसअघि नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो।
हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।