माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

Microlink Media

१५ जेष्ठ २०८१, मंगलबार


अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ । उनीहरूको नाम सार्वजनिक भएको छैन । तर, २२ र २५ उमेरका दुई नेपालीहरू को दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार पौने तीन बजे दिउसो ज्यान गएको सेभेन न्यूजले जानकारी दिएको छ।

उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्ने क्रममा उनीहरूको ज्यान गएको बताइएको छ ।