दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवान श्रीमतीको हत्या गरी फरार भएका छन् । शुक्रबार बिहान सवा ८ बजेतिर तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि फरार भएका हुन ।
शालिकरामले खुकुरी प्रहार गरी श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
‘खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि उनी खुकुरीसहित फरार भएको भन्ने छ,’ थापाले भने, ‘स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन् । स्थानीय पनि त्रसित छन् ।’ उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।