नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकाले नाला खन्ने क्रममा तीन मजदुरको मृत्यु भएपछि सार्वजनिक बिदान दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नगरपालिकाको बैठकले तीन कामदारको मृत्यु भएका कारण शोक मनाउन बिदा दिने निर्णय गरेको हो ।
शुक्रबारको दिन अत्यावश्यक सेवा वाहेक कावासोती नगरपालिका भरी शोक बिदा दिने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।
नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गको उत्तरतर्फ वडा नं २ को फलफूल चोकदेखि पूर्व नाला निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिहीबार साँझ तीन महिला कामदारको मृत्यु भएको थियो ।
वडा नं ५ लक्ष्मीनगर निवासी ५१ वर्षिय सेती राना २६ वर्षिय तानमाया मसाङ्गी र ३२ वर्षिय चमेली सिंजालीको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । मृतकका परिवारलाई नगर कार्यपालिकाको तर्फबाट उचित राहतको व्यवस्था गरिने प्रतिबद्धता गरेको छ ।