झापाको शिवसताक्षी नगरपालिकामा २ छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाको वडा नम्बर ३ की अञ्जली बेस्रा र उनका २ छोरा मृत अवस्थामा भेटिएका हुन् ।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत भेटिएका हुन् । अन्जली झुन्डिएको अबस्थामा भेटिएकी छन् ।
आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।