माया गर्नेहरुको लागि सायरी सुनाउदै टिकटकमा भाइरल हुदै विजय पुन


दाङ –  छिनभरमै विश्वभरको खवर बुझ्नसँगै मानिसहरुको समयको बचत समेत इन्टरनेटले गरिदिएको छ । यतिमात्र होइन सामाजिक संजाल फेसबुक, टुवीटर,युटुव, टिकटकका माध्यमबाट मानिसहरु चर्चामा समेत छाउने गरेका छन् । कला र क्षमता भएर पनि पछाडी परेका प्रतिभाहरुलाई बाहिर लयाउनेदेखि युटुवका माध्यमबाट आम्दानी समेत गर्ने गरेका छन् । उनीहरुलाई देशदेखि विदेशसम्मका लागि चिन्ने गरेका छन् ।

विजय पुन जब मायामा परे त्यस पछि उनलाई माया बाहेक अरु  कुनै कुरा को चासो थिएन।मायामा धेरै विश्वास गर्ने भएको हुनाले उनलाई लभगुरु नै मानिन्थ्यो। जब उनले मायामा धोका पाए त्यस पछि पागल जस्तो  बनि टिकटकमा जस्तो सुकै सायरी भन्न पनि पछि हटेका छैनन। त्यसपछि टिकटकका माध्यमबाट पछिल्लो समय लमही निवासी बिजय पुन चर्चामा रहेका छन् । उनी एक सफल कार्यक्रम प्रस्तोता पनि हुन । उनले @bijaypun222 नामक टिकटक एकाउन्टबाट आफ्ना भिडियो अप्लोड गरिरहेका छन् ।छोटो समयमा फ्लोर्स,लाईक बढेपछि उनी हर्षित बनेका छन् । उनले फ्लोर्स र लाइक बढाउने फ्यानहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

सासाजिक सञ्जाल टिकटकका माध्यमबाट अरुलाई motivate गर्नका लागि आफुले टिकटकभिडियो निर्माण गर्ने गरेको बताए । पुनले  धेरै  गीतहरुमा स्वर दिएका छन भने ४/५  वटा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् ।