काठमाडौँः धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
को १ ज २४९४ नम्बरको जिप आइतबार बिहान धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खसेको हो । धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । जिपमा ११ जना सवार थिए । दुर्घटनामा अन्य केही घाइते भएका छन् ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ । सडक अप्ठ्यारो भएका कारण जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





