४ वर्ष पछि खुशीको खबर: गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिने, आमा भाबुक हुदै मिडियामा ( भिडियो हेर्नुहोस )


नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बला”त्कारपछि ह”त्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । आज साेमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएकाे हाे । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृ’त भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेकाे छैन ।

उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएकाे बताउँदै आफूलाई यही मन्त्रालय राेजेकाे प्रतिक्रिया दिनुभयाे । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयकाे बारेमा सबैभन्दा धेरै गुनासाे आउने गरेकाे उहाँले सुनाउनुभयाे । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयाे । गृहमन्त्री रबि लामिछाने निर्मलाको आमालाई गरेको बाचा पुरा गर्दै: अपराधीलाई कुनै हालतमा नछोड्ने।
https://youtu.be/419KS_G0Q1g
यस्तै-नाबालिग किशोरीमाथी जबरज”स्ती क”रणी गरेको आ”रोपपछि फरार रहेका निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्र”हरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्। किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्र”हरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरज”स्ती क”रणी गरेको आरोपमा किटानी जाहेरी परेको छ।

वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरज”स्ती क”रणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्र”हरीले वडाध्यक्ष श्रेष्ठको खोजी गरिरहेको थियो। इलाका प्र”हरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले आँफै सम्पर्कमा आएका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन्। श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।