लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । उनी सिंहदेवी ज्वेलार्समा सिक्री बनाउने करिगढको रुपमा कार्यरत थिए । उनका मालिक दिपक गजमेर , दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन । पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो। धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो ।
ज्वेलर्स नै बन्द हुने स्थिति आयो । पैसा राख्ने हरुले उजुरी गरे , जाहेरी दिए । ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे । सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर प’क्राउ परे । पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे । त्यति बेला सम्म उनको जग्गा घर धितो मा गैसकेको थियो । मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन् , उनी कामदार मात्र हुन् ।
हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी , न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख विगो जरिबाना तोकेको छ । उनी अहिले झुम्का कारागारमा छन्। अदालतको यस निर्णय विरुद्ध लाल बहादुरले पुनरावेदन दिएका छन् । सर्दै सर्दै अब पुष २६ गते पेसी चड्ने कुरा छ । त्यसपछि के कसरी अगाडि बढ्ने हो भनेर छलफल गर्नु पर्छ । हामी उनको घर पनि पुगेका थियौ । बा आमा श्रीमतीको आवस्था नाजुक छ ।
https://youtu.be/q0Kagcn-lcw
यस्तै-दाङको बंगाचुली गाउँपालिका वडा नम्वर ५ को विभिन्न ठाउँमा गएराती चोरी भएको छ । चोरले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालय,लोहारपानी स्वास्थ्यचौकी, मनिषा होटेल र ठग बहादुर खत्रीको घर फोडेको छ । चोरले सबैभन्दा धेरै मनिषा होटेलबाट चो’रेको छ ।होटलका संचालक भुपेन्द्र बहादुर पुनका अनुसार ६३ हजार नगद र करिव ढाईतोला विभिन्न गरगहनाहरु चोरेको छ । चोरले नगद सहित दुईवटा माईली तिल्लहरी, एउटा बाला, एउटा चन्द्रमा, दुईवटा औँठी, एउटा घाँटीमा लगाउने चोकर, एक जोली टप लगेको छ ।
त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालयबाट चोरले ५ वटा दराज फोडेको छ । दराजमा रहेको ८ हजार ५ सय १ रुपैँया लगेको वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिनुभयो। वडा अध्यक्ष घर्तीका अनुसार चोरले लोहारपानी स्वास्थ्यचौकीको पाँचवटा दराज फोडेको छ । भने बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटी निवासी ठग बहादुर खत्रीको घरको ताला तोडेको छ । सबै ठाउँमा एकैचोटी चोरीभएको हुन सक्ने अनुमान छ । राति करिव १२ बजेत देखि डेढ बजेको विचमा चोरीभएको हुनसक्ने बताईएको छ ।