१३ वर्षीया बालिकालाई जबरज”स्ती क”रणी गरेको आरोपमा प्र”हरीले एक युवकलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रह”रीले उनलाई बिहीबार राति प्रहरीले प”क्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ । यो पनि-दाङमा लागुऔषध ब्राउनसुगरसहित तीन जना प”क्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरका १९ वर्षिय बिक्रम भण्डारी, गढवा–६ का २८ वर्षिय मनोजकुमार यादव र २१ वर्षका विशाल परियारलाई ला”गुऔषध ब्रा”उनसुगर सहित पक्राउ गरेको हो ।
प्र”हरीले तीन जनामध्ये भण्डारीलाई घोराही–१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित प”क्राउ गरेको हो भने यादव र परियारलाई लमही–४ अर्नवाबाट प”क्राउ गरेको हो । प्र”हरीले भण्डारीको साथबाट प्लाष्टीकसहित १ दशमलव ०१ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम ला”गुऔषध ब्राउन सुगर बरामत गरेको छ । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्र”हरी कार्यालय दाङका प्र”हरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।