Service above self”भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै रोटरी क्लव अफ देवदहले आज मिति २०७९ पौष २३ गते शनिवार देवदह नपा. र सुनवल नपा. का विभिन्न विशिष्ट क्षमता भएका व्यक्तिहरुलाई व्हिलचियर वितरण कार्यक्रम गरियो। रोटरी क्लव अफ देवदहका अध्यक्ष सचिन पंगेनीको अध्यक्षतामा र देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष गणेश डुम्रेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रम देवदह नगर अस्पतालमा १ जना ,देवदह-५,कलुवामा १ जना र सुनवल-७,ज्यामिरेमा गरि ३ जनालाई व्हीलचियर वितरण गरिएको थियो ।
आर्थिक अवस्था पनि कमजोर भएको र शारिरिक स्थिति पनि अफ्ठ्यारो हुनुभएका ३ जनाको दैनिकी जीवनमा व्हीलचियरले टेवा पुराउने कुरामा विस्वस्त रहेको र अझै ३ जनालाई व्हिलचियर उपलव्ध गराई यस हप्तालाई व्हीलचियर वितरण हप्ता गराउने अध्यक्ष पंगेनीले बताउनुभयो।क्लवका पूर्व अध्यक्ष डम्मर ब. गुरुगंले कार्यक्रममा बोल्दै रोटरी क्लव अफ देवदहले विगत ५ वर्ष देखि देवदहको सामाजिक क्षेत्रमा पुर्याउदै आएको योगदानको विषयमा चर्चा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि डुम्रेले रोटरी क्लव अफ देवदहको यस कार्यलाई सराहनिय भन्दै वडा संगसंगै नगरपालिकाको तर्फबाट धन्यवाद टक्राउनुभयो। कार्यक्रम क्लवका सचिव डोलराज न्यौपानै अर्जुनको सन्चालनमा भएको थियो।









