अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको ह”त्या गर्ने भारतीय सिरियल किलर परेका छन्। श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको ह”त्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले प”क्राउ गरेको हो। उनले श्रींखलाबद्ध रूपमा यही पुष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीया योगमाया गैरेको ह”त्या गरेको जिल्ला प्र”हरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।
श्रीमतीसँग मिलेर ह”त्या गरेको सुसान्तले बताएपछि श्रीमती शितगंगा नगरपालिका-१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले प”क्राउ गरेको हो। सिंह दम्पत्तीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उनीहरू दुवैलाई कर्तव्य ज्यान मु”द्दा चलिरहेको प्र’हरी प्रमुख प्रहरी नायव उपरीक्षक रिजालले बताए।
यो पनि-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । इन्धनको मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १७२ पुगेको छ । यस्तै, हवाई इन्धनको मूल्य भने उच्च दरले घटाइएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।