भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो


भारतको लखनउमा भएको दु’र्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दु’र्घटना भएको र दु’र्घटनामा परि तीन नेपालीको ज्यान गएको हो। टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो । घ’टनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्या’न गएको छ । दु”र्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । यो पनि- सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको दिनमा सरकारलाई धेरै चुनौति रहेको बताएका छन् । संसदको पहिलो बैठकमा बोल्दै उनले मुलुक सहज अवस्थामा नरहेको टिप्पणी गरे ।

‘आज देशमा धेरै समस्याहरु छन् । अहिले पनि मानिसहरु शरीरमा गोली बोकेर बसेका छन् । आन्दोलनको असरबाट हामी मुक्त भइसकेका छैनौ,’ उनले भने, ‘अहिले पनि विभिन्न आन्दोनमा सहादत प्राप्त गरेका विधुवाहरु छन् । एकल महिला र पुरुषहरु छन्। टुहुराहरु छन् । उनीहरुको रेखदेख र हेरचाह गर्नुछ ।’

त्यस्ता चुनौतिहरुलाई नहेरेर खाली कुर्सीतर्फ मात्रै कुर्सीतिर मात्रै लाग्नु नहुने अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले व्यक्तिगत मान सम्मानका लागि नभइ आफूहरु देश चलाउन संसद छिरेको बताए उनले भने, ‘देश चलाउनका लागि आएका हौँ । हामी सांसद हुनका लागि नभइ संसद भएर देश चलाउनका लागि संसदमा आएको हौँ।’