नेपाली पब्जी टोली ‘डिआरएस’ गेमिङ ग्लोबल च्याम्पियनसिपमा दोस्रो, पुरस्कार ३ करोडभन्दा धेरै


नेपालको व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप‍- २०२२ मा दोस्रो भएको छ। इन्डोनेसियामा आइतबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा डिआरएसले द‍ोस्रो स्थान हात पारेको हो। प्रतियोगितामा टर्कीको ‘एस२जी इस्पोर्ट्स’ प्रथम भयो। दोस्रो भएको डिआरएसले कुल २ लाख ९२ हजार डलर (३ करोड ८६ लाख रूपैयाँ) पुरस्कार पाएको छ। टर्कीको ‘एस२जी इस्पोर्ट्स’ ले विजेता हुँदै ५ लाख १० हजार डलर प्राप्त गरेको छ।

यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो। डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सिइओ भिक्टर पौडेल हुन्। यो प्रतियोगितामा नेपालको अर्को टोली ‘ट्रेन टु किल ले पनि सहभागिता जनाएको थियो। ट्रेन टु किल तेह्रौं हुँदै १ लाख ३२ हजार डलर पुरस्कार पाएको छ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो।

यो पनि-नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । पदाधिकारीहरुको मंगलबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निष्कर्ष निस्कन नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

उक्त कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर विश्वासको मत दिए पनि काँग्रेस प्रतिपक्षमै बस्ने निर्णय भएको जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डले केही बेरमै नयाँ वानेश्वरमा बस्ने बैठकबाट विश्वासको मत लिँदैछन् । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।