प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्राप्त साथ सहयोगले आफैँलाई गम्भीर बनाएको बताएका छन्। विश्वासको मतका बारेमा आफ्नो धारणा राख्नेक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले मलाई निक्कै गम्भीर बनाएको छ।’
उनले यो अपार सफलता मिलेको बताउँदै उनले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौँला भन्ने प्रश्न उठेको बताए। उनले भने, ‘मैले हिजै सिंगै हाउसले विश्वासको मत दिने सञ्चारमाध्यमलाई भनेको थिएँ। मलाई यसरी विश्वास प्राप्त होला भन्ने भावना मात्र थियो। थाहा थिएन्। मेरो भावनालाई सबैले स्वीकार गर्नुभएकोमा आभारी छु। यो अपार विश्वास र समर्थनलाई न्यायपूर्ण रुपमा सम्बोधन गर्न सकौँला भन्ने प्रश्न उठिरहेको छ।’
यस्तै-झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृ”त्यु भएको छ। मृ”त्यु हुनेमा कचनकवल गाउँपालिका-१ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रह’रीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो ताप्दै थिए। सोही क्रममा अ;चानक उनको शरीरमा आगो लागेको थियो।
आगो लागेर उनको शरीरको विभिन्न भाग ज’लेर ग’म्भीर घा’इते भई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। उनको सोही अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृ;त्यु भएको डीएसपी पाठकले बताए।