यिनै हुन् माउन्टेन ड्युको बोतलमा भरिएको स्पिरिट पिउदा ज्यान गु’माएकी सिर्जना, प्रिन्सिपल र शिक्षिका परे प’क्राउ


स्कुल संचालकको लापरबाहीका कारण पानी सम्झेर स्पिरिट खाएकी छात्राको मृ’त्यु भएको छ। मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महराको मृ”त्यु भएपछि शिक्षक पक्रा”उ परेका छन् ।प”क्राउ पर्ने शिक्षक मा प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साल रहेका छन् । पी”डित पक्षले कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराए पछि घटनाबारे अनुसन्धान भइरहेको बताए । सिर्जनाले सेवन गरेको तरल पदार्थ जाँचका लागि ल्याब पठाइएको छ।

श’वलाई पो”स्टमार्टम गरी दाह”संस्कारका लागि परिवारजनलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। विद्यालयको लापरबाहीका कारण सिर्जनाको मृत्यु भएको भन्दै आइतबार मिर्चैया बजार तनावग्रस्त थियो। स्कुलले माउन्टेनड्युको बोतलमा राखेको स्पिरिट पानी सम्झेर खाएपछि कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका–११ भलुवाहीकि छात्रा १६ वर्षीया सिर्जना कुमारी महराको मृ’त्यु भएको हो। पुस २२ गते कक्षा कोठामा पढ्दै गर्दा अचानक पेट दुखेपछि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग औषधि मागेकी थिइन्।

सो घ”टनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आइतबार बिहानदेखि विद्यार्थीहरू र मृतक छात्राका आफन्तहरुले आन्दोलन पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका थिए। स्कुलका संचालक प्रदीप तिवारी आफ्नो लापरबाहीबाट उम्किँदै शिक्षिकामाथि दोष थोपर्दै छन्। उनले भने, ‘शिक्षिकाको गल्तीले यो घटना हुन पुग्यो। तर पी’डित परिवारले स्कुल संचालक तिवारीको पनि उतिकै दोषी भएको बताउँछन्।

शिक्षिकाले ब्रुफेन चक्की दिएको औषधि खान उनले त्यहीँ स्पिरिटले भरिएको माउन्टेन ड्यूको बोतल पानी ठानेर खाइन्। उक्त बोतलमा रहेको स्पिरिट खाए लगत्तै उनी बे’होस् भएकी थिइन्।स्पिरिट पिएपछि बिरामी भएकी सृजनालाई उपचार नगरमइ विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पठमएबमेले समयमै उपचार हुन नसकेको मृ’तकका बुवा धम्रेन्द्र महराले बताए। उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइयो। उपचारको क्रममा शनिबार साँझ उनको मृ’त्यु भयो।

यो पनि-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती थपिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको बताएका हुन्। प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग अपिल गरेको र त्यो सकारात्मक देखिएको विश्वास व्यक्‍त गरे।

उनले भने,’विश्वासको मतका लागि जुन अपिल गरेको थिएँ । त्यो सकारात्मक देखिएको छ। सबैलाई धन्यवाद दिन चाहन्छु। उनले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निक्कै गम्भीर बनाएको बताए। आफूलाई अपार सफलता मिलेको बताउँदै प्रचण्डले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौंला कि भन्ने प्रश्न उठेको बताए।