गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृ”त्यु भएका निराकार पाण्डेको मृ’त शरीर अहिले त्यहाँ बेवारिसे अवस्थामा छ । यतिका दिन बितिसक्दा पनि सरकारले शरीर नेपाल ल्याउने खर्च बेहोर्ने भनेपनि त्यहाँको स्थानीय प्रहरीलाई जानकारी नभएको खबर त्यहाँको एकजना नेपालीले जानकारी दिनुभएको हो । शरीरको अवस्था खराब छ । यता प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाई पाण्डेका बाबुसँग भेट गरेका थिए ।
प्रधानमन्त्रीले निराकारको श’व नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे । थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत श;व ल्याउनका लागि पहल भइरहेको विभिन्न खाले समाचार आएपनि यतिका दिन बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । निराकार व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए ।
त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए । छोराको नि’धनको शोकमा रहेका अग्निप्रसादले केहि दिन अगाडी भन्नुभएको थियो – ‘निराकारको शव कम्बोडियामा आइसमा हालेर राखिएको जानकारी प्राप्त भएको छ । उनको शव नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको छ । आवश्यक कागजपत्र थाइल्यान्डमा रहेको नेपाली दूतावासमा पठाइसकिएको छ ।’शव नेपाल ल्याउन एमाले नेता अग्नि खरेलले पहल गरिरहेका छन् ।
थाइल्यान्डमा रहेको नेपाली दूतावासका प्रथम अधिकृत खगराज पाण्डेलाई अग्नि खरेलले भनेपछि खगराज पाण्डे आफैँ कम्बोडिया पुगेर निराकारको श’व बुझ्नु भएको अग्निप्रसादले बताउनु भएको थियो । तर अहिलेको जानकारी अनुसार निराकारको शव बे’वारिसे अवस्थामा रहेको खबर आएको हो ।
यो पनि-संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन नसघाउने भएको छ । वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ । १३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो ।
१९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ । सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ,’ पत्रमा भनिएको छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तोकिएको विधि, कानुन र प्रक्रियाअनुसार महानगरले चालेको कदममा गृह मन्त्रालयले सघाउने बताउँछन् । ‘सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढेको खण्डमा महानगरलाई सधैं सहयोग हुन्छ’ उनले भने । गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।