बिजुलीको तार जोड्ने क्रममा भीरबाट लडेर पूर्वी रोल्पामा एक जनाको मृ”त्यु भएको छ। मंगलबार बेलुका तार तान्ने क्रममा सुनछहरी गाउँपालिका-५ पोवाङका ४२ वर्षीय हिकलाल पुन ‘हिमाल’ को घ”टनास्थलमा मृ”त्यु भएको प्र”हरीले जनाएको छ। मृ”तक पुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जन कलाकार थिए। स्थानीय कालीबाङबाट नजिकै पर्ने अर्को गाउँमा बिजुलीको लाइन लैजान तार तान्ने क्रममा कालीबाङको बाटोबाट करिब २० मिटर मुनि खसेर उनको ज्यान गएको हो।
घ”टनास्थल पुगेका प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यलाल गुरुङसहितको टोलीले उद्धार प्रयास गरेको थियो। उनी लामो समय कलाकारितामा लागेका थिए। उनी तत्कालीन माओवादी युद्धमा संलग्न थिए। सुरुमा माओवादी केन्द्रमा आवद्ध उनी हाल नेत्रविक्रम चन्द नेतृत्वको कलाकार संघको लुम्बिनी प्रदेश समितिमा कार्यरत थिए। उनको श”व पो”स्टमार्टमका लागि रोल्पा अस्पताल लिवाङ रेउघामा ल्याइएको छ। दु”र्घटनामा परी उनको दुखद् नि”धन भएको चन्द नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य सन्तोष सुवेदीले बताए।
उनले पो”स्टमार्टम गर्न पार्टीले सहयोग गरेको बताइएको छ। यो पनि-श्रीमान्को लात्ती प्रहारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृ”त्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृ”त्यु भएको हो । मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्रह”रीले जनाएको छ । खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्र”हार गरेका थिए ।
प्रमिलाको घ”टनास्थलमै मृ”त्यु भएको जिल्ला प्र”हरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए । घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्र”हार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए ।