दाङमा मोटरसाइकल दु”र्घटना हुँदा एक जनाको मृ”त्यु भएको छ भने दुई जना ग”म्भीर घा”इते भएका छन् । गएराति साढे १२ बजेतिर घोराही उपमहानगरपालिका-११ अवलडाँडास्थित रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दु”र्घटना हुँदा १ जनाको मृ”त्यु भएको र दुई जना ग”म्भीर घा”इते भएको जिल्ला प्र’हरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति पौने २ बजेतिर घोराही उपमहानगरपालिका-१० जलौरा निवासी १८ वर्षीय सरोज चौधरीको मृ”त्यु भएको अस्पताललाई उद्धत गर्दै डिएसपी रिजालले बताए । त्यस्तै दु”र्घटनामा मोटरसाइकल चालक सोही ठाउँ निवासी १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी ग”म्भीर घा’इते भएका छन् । घा”इते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भैरहवा रेफर गरिएको अस्पताललाई उद्धत गर्दै डिएसपी गौतमले जानकारी दिए ।
मोटरसाइकलमा तीन जना सवार रहेका थिए । उक्त मोटरसाइकल अनि’यन्त्रीत हुँदा सडकदेखि करिब १५ मिटर तल खेतमा खसेको प्र’हरीले जनाएको छ ।
यो पनि-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भएपनि कारवाही गर्ने बताएका छन् । बिहीबार आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने जिकिर गरे । अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने उल्लेख गरे ।
‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन । बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ,’ उनले भने । उनले निर्वाचन अगाडि आफूले गरेका प्रतिबद्धता नभुलेको पनि चर्चा गरे । आफूले जतिसक्दो राम्रो गर्न तर नराम्रो एउटा पनि नगर्ने संकल्प उनले गरे । राम्रो कति गर्न सक्छु थाहा छैन । तर नराम्रो एउटा पनि गर्दिन,’ उनले भने, ‘कति दिन, महिना वर्ष रहन्छु थाहा छैन।’
मन्त्री लामिछानेले आफू सफा हात बोकेर मन्त्रालय छिरेको र सफा हात लिएर बाहिर निस्किने जनाए ।