सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश


उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उनीमाथि नाबालिगलाई बला”त्कार गरेको आ”रोप थियो। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बला”त्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो।

इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए। ‘भोलि २० लाख बुझाएर छुट्छन्। विदेश जानलाई सर्तहरू छन्,’ उनले भने। सन्दीप नाबालिग बला”त्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

यसअघि बला”त्कार आ”रोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पी”डित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ। लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बला”त्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।

उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

यो पनि- नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार बनि पराजित भएका घनश्याम भुसाल माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरेर भुसाल एकीकृत समाजवादीमा जान लागेका हुन् । पार्टी प्रवेशअघि शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि छलफलमा बोलाएका छन् । रुपन्देही १ मा घनश्याम भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसाललाई कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन दलले समर्थन गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको टिकट खोसेपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । यो पनि-प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका हुन् ।

उनले राष्ट्रपति वा उपराष्ट्रपति पाइन्छ भन्ने ग्यारेन्टी नभएको तर, मतकोअ आशा भने राखेको बताए । तैपनि उनको घुमाउरो बोलीअनुसार प्रधानमन्त्री प्रचण्डसँग केही सम्झौता भएरै विश्वासको मत भने दिइएको छनक पाइन्थ्यो । उनले पत्रकारहरुसँग भनेका छन्, ‘सभामुख उपुभामुखको मात्र कुरा छैन, अरु निर्वाचनहरु पनि बाँकी छ । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’

तर, नेपाली कांग्रेस सत्तामा नभई प्रतिपक्षमा नै बस्ने उनले बताएका छन् । र, प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने पनि उनले बताए ।