कारागारबाट निस्किए क्रिकेटर सन्दिप लामिछाने , ४ महिनापछि यस्तो अवस्थामा देखिए जनतामाझ ( भिडियो हेर्नुहोस )


बला”त्कार आ”रोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो ।

जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

लामिछानेले भने आफूविरुद्ध लागेको बला”त्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्र”क्राउ परेका थिए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/-J16q2KLMck
यो पनि- स्थानीय तहमा हुने घटना दर्तालाई थप व्यवस्थित गरिने भएको छ । घटना दर्तामा केही समस्या रहेको गुनासो स्थानीय तहबाट आउन थालेपछि थप व्यवस्थित गर्ने तयारी गरिएको हो । पञ्जीकरण विभाग र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले संयुक्तरुपमा शुक्रबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले जन्म, विवाह दर्ता गर्दा केही समस्या रहेको र यसकै कारण नागरिकता वितरणमा समेत समस्या देखिएको गुनासो गरेका थिए ।

कार्यक्रमका सहभागीले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नुपरेको, नागरिकता प्राप्त गर्न कठिन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गरे । विशेष गरी बाबुआमा नभएका बालबालिकाको जन्मदर्ता गराउन समस्या रहेको भन्दै पहिचान नखुलेका व्यक्तीको घटना दर्ता गर्न कानुनमा नै समस्या रहेको बताएका हुन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य मीरा पन्त बोहोराले भन्नुभयो, “हाम्रो वडामा एकजना महिला हुनुहुन्छ, उहाको केही पहिचान छैन । पहिचान नभएका व्यक्तिको जन्मदर्ता र अन्य अभिलेख कसरी राख्ने ? हुम्लाको नाम्खा गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख रेशम खड्काले नाम्खा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गरे ।