डडेलधुरामा एक बालकको शव खाल्डोमा गा”डेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो। घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्र”हरी कार्यालयका प्र”हरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए। उनका अनुसार घ”टनाको अनुसन्धानका लागि मृ”तक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ।
मृ”तक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पु”रिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए। घ”टनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।
यो पनि-सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घ”टनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकपछि उपप्रधान तथा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने जानकारी दिए। दु’र्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । जसमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। ५३ नेपाली यात्रु र १५ विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।