२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दु”र्घटनामा परेर पति दीपक पोखरेल गु’माएपछि उडान क्षेत्रमा आएकी कोपाइलट अन्जु खतिवडा पोखरामा भएको विमान दु”र्घटनामा परेकी छिन् । पोखराको सेती खोंचमा भएको विमान दु”र्घटनामा ६५ जनाको शव फेला परेको छ। दुर्घ”टनास्थलबाट उद्धार जारी रहँदा फेला परेका ६५ शवमध्ये ३० शव अस्पतालमा पुर्याइएको छ। बाँकी ३५ शव दुर्घटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले अन्नपूर्णलाई जानकारी दिए।
एउटा श’व खोंचमा अल्झिएको अवस्थामा देखिए पनि उद्धार गर्न नसकिएको प्र’हरीले जनाएको छ। उद्धार कार्य जारी छ। अझै जनाको अवस्था अज्ञात छ। दु’र्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् ।
श’वहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ। यती एयरलाइन्सको दु’र्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।