विमान दु’र्घटनामा परेकी अन्जु : जो श्रीमान विमान दु’र्घटनामा बितेपछि पाइलट पढेकी थिइन्


आइतबार पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दु’र्घटना भएपछि देश शोकमा डु’बेको छ । चालक दलसहित ७२ जना दु’र्घटनामा परेका छन् । अहिलेसम्म ६४ जनाको श’व फेला परेको छ भने बाँकी शवको खोँचबाट निकाल्ने प्रयास भइरहेका छन् । यस्तै, ५ जनाको सनाखत भइसकेको छ । उक्त घ’टनामा कोपाइलट अन्जु खतिवडा पनि परेकी छन् । अन्जु २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दु’र्घटनामा परेका दीपक पोखरेलकी धर्मपत्नी हुन् ।

जो विमानमा श्रीमान गुमाएपछि श्रीमानकै वियोगले पाइलट पढेकी थिइन् । आइतबारको विमान कमल के.सी. र को–पाइलट अञ्जुले उडाएका थिए । विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी अन्जुले श्रीमानको मृ’त्युपछि पाइलटको कोर्ससँगै उडान भर्ना थालेकी थिइन् । विमान दु’र्घटनामा परेपछि उद्धार भइरहेको अवस्थामा अहिले उनको अवस्था अज्ञात नै छ । अन्जुका एक छोरा र एक छोरी गरी दुई सन्ता रहेका छन् ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पोखरा प्रस्थान गरेकी छन्त्यालको दु’र्घटनामा मृ’त्यु भएको निराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । नीरा बिहान १० बजे काठमाडौं एयरपोर्टबाट आमालाई फोन गरेर पोखरा जाँदै गरेकी जानकारी दिएकी थिइन् । साथै, पोखरा पुगेर आधा घण्टामा फोन गर्छु भनेर फोन राखेकी थिइन् । तर, त्यसपछि नीराको फोन आएन ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा सबैलाई माघे संक्रान्तिको शुभकामना पोस्ट गरेकी थिइन् । यसअघि उनले माघ १ गते पोखरामा रमाइलो गर्नुपर्छ भन्दै स्टाटस पनि लेखेकी थिइन् । नीरा नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगतामा प्रस्तुती दिन पोखरा जाँदै थिइन् । नीरा लाइभ दोहोरीमा अहिले सबैले रुचाएकी गायिका हुन् । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ६८ यात्रु सवार रहेका थिए ।