पोखरामा विमान दु’र्घटना : यी हुन् विमानका सिनियर क्याप्टेन कमल केसी


आइतबार काठमाडौंबाट पोखराका लागि उडेको दु”र्घटनामा परेको यती एयरको विमानको क्याप्टेन कमल केसी रहेको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दु”र्घटनामा परेको हो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा सेती खोँचमा दु”र्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।

आइतबार पोखराको सेती नदी खोँचमा भएको यती एयरलाइन्सको विमान दु”र्घटनामा चालक दलका चार सदस्यसँगै एयरहोस्टेस ओसिन आलेमगर पनि सवार थिइन् । करिब ५ महिनाअघि यती एयरलाइन्समा एयरहोस्टेस बनेर प्रवेश गरेकी ओसिन आफ्नो सपनाको खुड्किलो यतीबाटै सुरु गरेकी थिइन् । सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स गरेकी ओसिनले एयरहोस्टेसका रुपमा पहिलोपटक यती एयरलाइन्समा नाम निकाल्न सफल भएकी थिइन् ।

यतीमा भर्ना भएपछि निकै उत्साहित ओसिन सामाजिक सञ्जाल टिकटकमा पनि उत्तिकै सक्रिय थिइन् । टिकटकमा ओसिनले विमानभित्रका पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् । चितवन घर भएकी ओसिनको एयरहोस्टेस बनेर लक्ष्य हासिल गर्ने त्यो यात्रा भने पूरा हुन सकेन । सेती खोँचमै पुगेर उनको यात्रा टुंगिएको छ ।