खोटाङमा विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला


हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान मृत फेला परेकी छिन् । आइतबार दिउँसो विद्यालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा सोमबार बिहान मृत अबस्थामा फेला परेकी हुन् । घ’ट्नास्थलमा पातलो सलको टुक्रा घाँ”टीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा श”व भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

ओठ, आँखा, घाँटीमा चो”ट देखिएकाले घ”टनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताए । घ”टनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै-माघे सक्रान्तिका अवसरमा आयोजित माघी मेलामा बेलुन फुलाउने सिलिण्डर वि”ष्फोट हुँदा बेलुन बिक्रेताको मृ”त्यु भएको छ। मृत्यु हुनेमा बेलुन बिक्रेता वाणगंगा नगरपालिका-८ का ६५ वर्षीय नासिर मोहम्मद रहेको प्र”हरीले जनाएको छ।

ग्यास सिलिण्डरबाट बेलुन फुलाउँदै गर्दा बेलुन वि”ष्फोट भएको हुँदा घट”नास्थलमै मोहम्मदको मृ”त्यु भएको इलाका प्र”हरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।कपिलवस्तुको वाणगंगा नगरपालिका-९ कपिलधाममा माघे सक्रान्तिका अवसरमा स्थानीय थारु कल्याणकारी सभाले माघी मेलाको आयोजना गरेको थियो।