जुम्लामा जीप दु”र्घटना हुँदा एक जनाको मृ”त्यु भएको छ। जुम्ला बजारबाट पातरासी गाउँपालिकाको लासी जाँदै गरेको जीप दु”र्घटना हुँदा एक जनाको घ”टनस्थलमै मृ”त्यु भएको हो। दु”र्घटनामा १४ जना घा”इते भएका छन्। जसमा दुई जनाको अवस्था ग”म्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। सोमबार अपराह्न ४ बजे पातरासी गाउँपालिका-६ स्थित कोटाभीर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको जीप दु”र्घटना भएको प्र”हरी निरीक्षक यमबहादुर बुढा मगरले बताए।
उनका अनुसार उक्त दु”र्घटनामा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने छोजुम लामाको घ”टनास्थलमै मृ”त्यु भएको हो। घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छ। प्रहरी घ”टनास्थलमा पुग्नुभन्दा पहिले नै घा”इतेहरूलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिला नदीमा खसेको स्थानीयहरूले बताएका छन्।
यस्तै-खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृ’त फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृ’त फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पा”सो चुँ”डिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्र”हरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत थिईन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृ”त फेला परेकी हुन् ।
घ”ट्नास्थलमा पातलो सलको टुक्रा घाँ’टीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा श’व भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घ”टनालाई शं”कास्पद मानिएको वडाध्यक्ष गिरीले बताए । घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श”वको पो”ष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झु”ण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए ।