जिल्ला अदालत तनहुँले दियो पल शाहलाई सफाइ


जिल्ला अदालत तनहुँले बालिका बला”त्कारको आ”रोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बला”त्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो। जिल्ला अदालत तनहुँले अभियोगमा दाबी नपुग्ने भनेको छ। यसको अर्थ बला’त्कारको मुद्दाबाट सफाई दिएको भन्ने हो। पी’डित परिवारले नवलपुर प्रहरीमा पनि जाहेरी दिएको थियो। त्यहाँ सरकारी वकिलले बला”त्कार मुद्दा चलाएको थियो। नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कै’द सुनाएको थियो।

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो । भण्डारीको समर्थकमा माओवादी केन्द्रकी गीतदेवी माल थिए । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत जाहेर गरेका थिए ।

यसअघि प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुखमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले राखेको अर्को प्रस्तावको पक्षमा २० मत र विपक्षमा २८ मत परेको थियो । रावलको समर्थकमा कांग्रेसका पृथ्वीबहादुर सिंह थिए। उक्त प्रस्तावमाथि भएको मत विभाजनमा कांग्रेसका दिवानसिंह विष्ट, ललिता सुनार, गीतादेवी चौधरी र माओवादी केन्द्रकी लक्ष्मी विक अनुपस्थित थिए। कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले रावलको पक्षमा मत जाहेर गरेका थिए।