अस्पतालले मृत घोषित गरेका शिशुले शास फेरेपछि…


१९ दिनका शिशुले दूध नखाएपछि उमादेवी मुखियालाई आफन्त र छरछिमेकीले अस्पताल लैजान सल्लाह दिए । बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट श्रीमान दीलिप मुखियासहित आफन्तले एम्बुलेन्समा ल्याएर शिशुलाई कोशी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरे । जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भए पनि बच्चा जन्मिएपछि उमादेवी माइतीघर विराटनगर १० आएकी थिइन् । अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धडकन नचलेको भन्दै मृ’त घोषित गरे ।

१९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवावासी चल्यो । अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे । बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कम तौलको शिशुमा शारीरिक कमजोरी, सं’क्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका चिकित्सक डाक्टर सतिश यादवले जानकारी दिएका छन् ।

उमादेवीका अनुसार छोरीले दूध नखाएपछि बिहान कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुलाई तीन जनाले जाँच गरेका थिए । चिकित्सकले लापरबाही गरी आफ्नो बच्चालाई जिउँदै हुँदा मृ’त घोषित गरेको उनले आ’रोप लगाइन् ।

यो पनि पढ्नुहोस

३ दिनअघि चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता पुरूषको श’व फेला परेको छ। बिहीबार दिउँसो कार दु’र्घटनामा परेको स्थानभन्दा सय मिटर तल पुरूषको श’व फेला परेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसा अहिले शवलाई पानीबाट निकालेर मुचुल्का उठाउने काम भइरहेको छ ।

सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार बागमती नदीमा खसेको थियो। कार खस्दा दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल बस्ने ४७ वर्षीय चालक राजकुमार खत्री बे’पत्ता भएका थिए । उनीसँगै सवार रहेका उनकी श्रीमती अम्बिका लामिछानेको भने उद्धार गरिएको थियो । बेपत्ताको खोजी गर्न प्र’हरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्र’हरी प्रभाग भैसेपाटीको टोली उद्धारका लागि खटिएको थियो।