सम्पत्तिको लोभमा सौतेलो छोरोलाई कु’टेर मारिन्, धम्क्याउँदै आमालाई पनि ह”त्यामा संलग्न गराइन्


डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका गजेन्द्र बोहराका दुई पत्नी छन्। उनले पहिलो बिहे बझाङको बित्थचिर–५ देउलेख तल्लो भतडाकी कलावतीसँग गरे। कलावतीबाट गजेन्द्रका दुई छोरा थिए– प्रेम र भरत। दोस्रो बिहे बैतडीको पुर्चौडी क्षेत्रकी जानकीसँग गरे, गजेन्द्रले। जानकीबाट पनि एउटा छोरा छन्। बझाङको बित्थडचिर खुलमौरका गजेन्द्र करिब डेढ दशकअघि बसाइँ सरी डडेल्धुराको आलिताल डाँडाखर्क झरे।

स्थानीयका अनुसार उनको घरमा कलह भइरहन्थ्यो। सौता जानकीसँग मिलेर गजेन्द्रले जेठी श्रीमती कलावती र कान्छा छोरा भरतलाई शारीरिक यातना दिन्थे। गजेन्द्र र सौतेनी आमा जानकीले भरतलाई नराम्रोसँग कुट्थे। खाना दिँदैनथे। त्यसैकै त्रासले ८ वर्षीय भरत घरभन्दा टाढा जान्थे। जंगलमा गोठालाहरूसँग भेटिन्थे, उनीहरूले लगेको खाना खान्थे। घरमा खाना नदिने र उसलाई असाध्यै कुट्ने रहेछन्, बाख्रा गोठाला गएका बेला भरत भेटिन्थ्यो’, स्थानीय दानबहादुर विष्टले नेपालखबरसँग भने, ‘कति दिन मैले लगेको खाना दिएँ, खाना पाएपछि बच्चा मेरो साथ छाड्दैथ्यो।

‘१२ गतेपछि बालकलाई गाउँघरमा देखिएन, त्यसपछि खोजबिनका लागि प्रहरीलाई भनेको थिएँ’, विष्टले भने, ‘बालक नदेखिएपछि मरेको छ वा जिउँदै छ, पत्ता लगाइदिनुपर्‍यो भनेर छिमेकीको नाताले प्र”हरीकोमा गएको हो। त्यसपछि प्रहरीले जंगल, गाउँतिर भरतको खोजी गर्‍यो। तर उनी कतै भेटिएनन्। विगतको व्यवहारले शं’का लागेपछि प्र’हरीले भरतको आमा कलावती र सौतेनी आमा जानकीलाई नियन्त्रणमा लियो।

विष्टका अनुसार भरत कहिलेकाहीँ जंगलबाट उनको साथ लागेर घरसम्मै पुग्थे। दानबहादुर विष्टको घरबाट भरतको घर पुग्न १० मिनेट हिँड्नुपर्छ। पुस १२ गते पनि भरत दानबहादुरको घरनजिकैको उखुबारीमा थिए। भरतलाई घर लैजान उनकी आमा कलावती आइन्। स्थानीयका अनुसार उनले ‘घरमा किन नआएको’ भन्दै एक/दुई झा’पड हानेर भरतलाई घर लगेकी थिइन्। त्यसको अर्को दिनदेखि भने भरत गाउँघरमा देखिएनन्। भरतलाई नदेखेको धेरै भएपछि स्थानीय दानबहादुर विष्टलाई शंका लाग्यो। र, यसबारेमा उनले पुस २७ मा प्र’हरी चौकी गोदामलाई खबर गरे।

‘प्र’हरीसमक्ष उनीहरूले भरतलाई मारेर घर नजिकै खाल्डोमा गाडेको बयान दिए। पुस २९ को साँझ प्रहरी घ’टनास्थल पुग्यो। त्यसबेला राति भइसकेकाले प्रहरीले खाल्डो उत्खनन गरेन। राति घ”टनास्थल कुरेर बसेका थिए, प्रहरी। अर्को दिन प्रहरीले खाल्डो उत्खनन गर्दा भरतको श”व खाल्डोमा भेटिएको थियो। प्र”हरीका अनुसार उनको श”वमा छाला गलिसकेको थियो। भरतको अनुहार पूरै सडेको थियो। पुस १२ कै राति कु’टपिटका क्रममा भरतको ज्यान गएपछि श’व लुकाउन खाल्डोमा गा”डेको खुलेको छ।

भरतलाई कु”टपिट गर्दा उनका दाइ प्रेम र सौतेनी आमाछोरा पनि घरमै थिए। घरभन्दा ५० मिटर तल भरतको शव खाल्डोमा गा”डिएको थियो। आमा र सौतेनी आमाले केही परबाट माटो ल्याएर श”व ढाकेका थिए। आमा र सौतेनी आमाको कुटाइबाट बालकको मृत्यु भएको प्र’हरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘दुवै जनाको कुटपिटबाट बालकको मृ”त्यु भएको देखिन्छ’, प्रहरी निरीक्षक उमाकान्त जोशीले भने, ‘शव लुकाउन खाल्डोमा गाडेका रहेछन्।’

‘१२ गते गाउँबाट ल्याउँदा जेठी आमाले बाटोमा एक/दुई झापड हानेकी रहिछन्, घरमा पुगेपछि सौतेनी आमाले पनि कुटिन्’, वडाध्यक्ष धनबहादुर देउवाले नेपालखबरसँग भने, ‘सौतेनी आमाले बालकलाई नाङ्गै बनाएर बाँधेर सिस्नुपानी लगाएछन्, उखुको डन्डा नटुटुञ्जेलसम्म कुटेछन्। उनका अनुसार अबोध बालकलाई निर्घात कु”टपिट गर्दै चिसो रातमा लुगा लगाउन पनि दिइएन। ‘निर्घात कु”टपिटपछि राति लुगा पनि लगाउन दिएनन्, कुटपिट र चिसोले राति १२ बजेतिर बच्चा मरेछ,’ उनले भने, ‘त्यसपछि उनीहरूले शव लु”काउन खाल्डोमा गाडेका रहेछन्।’

यो पनि पढ्नुहोस

प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले चूनौतीका रूपमा रहेको लागूऔषध नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। कार्ययोजना बनाएर प्रदेश १ मा लागूऔषधको गतिविधि नियन्त्रण गर्ने तयारी रहेको उनले बताएका हुन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सरुवा भई आएका डिआईजी ज्ञवालीले बुधबारदेखि प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन्।

कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण प्रदेश प्रहरीको प्रमुख प्राथमिकतामा रहने बताएका हुन्। उनले प्रदेश प्रहरीका प्रहरी उपरीक्षक भीम दाहाललाई लागूऔषध नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजना निमार्णको जिम्मा दिइएको जानकारी दिए। लागूऔषधका साथै चोरी निकासी नियन्त्रण पनि प्रदेश प्रहरीको प्राथमिकताको सूचीमा छ,’ उनले भने, ‘तस्करी नियन्त्रणमा हामी खरो रूपमा प्रस्तुत हुन्छौं। हामी शून्य सहनशीलताको नीतिबमोजिम अघि बढ्छौं।’

सुरक्षा र अपराध नियन्त्रणका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने गृहकार्य भइरहेको बिषयप्रति डिआईजी गिरीले पत्रकारहरूको ध्यानकर्षण गरे। उनले सुरक्षासँग सम्बन्धित कार्ययोजना कडाईका साथ कार्यान्वयन गरिने बिषयमा जोड दिए। आफ्नो कार्यकालमा फरार अभियुक्तहरू पक्राउ गर्नुका साथै टुंगो नलागेका पुराना मुद्दाहरूलाई पनि रि-ओपन गर्ने तयारी रहेको उनले बताए।

उनले प्रहरी संगठनप्रति बेलाबखत लाग्ने गरेका आक्षेपहरूलाई न्यूनीकरण गर्न संगठनभित्रै शुद्धीकरण अभियान चलाउने जिकिर गरे। उनले भने, ‘आम नागरिकले भरोसा गर्न योग्य प्रहरी संगठन निमार्ण गर्ने हाम्रो चाहना हो। त्यसका लागि शुद्धीकरण आवश्यक छ।’