चन्द्रागिरिमा ट्रकको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु


काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठ”क्करबाट एक जनाको मृ”त्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठ”क्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृ”त्यु भएको हो । ट्रकको ठ”क्करबाट गम्भीर घा”इते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृ”त्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्र”हरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ट्रकको ठ”क्करबाट घा”इते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दु”र्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए।

यो पनि पढ्नुहोस

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन्। मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय रहनुभएका मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुहुने जानकारी दिए । उनले भने, “बिनाविभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले हाल कायम रहेको मन्त्रालयको सङ्ख्या घटाउने निर्णयानुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रूप दिने काम भइरहेको बताए। उनले मन्त्रालय घटे पनि पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने विचार व्यक्त गरे। मुख्यमन्त्री कार्कीले सबै मन्त्रालयको जिम्मेवारी लिनुभएको छ भने सात जना मन्त्री बिनाविभागीय छन्। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल १३ मन्त्रालय रहेका छन् ।