१० नेपाली र दुई कोरियन नागरिकको श’व बुझाइयो


गत आइतबार पोखरामा भएको विमान दु”र्घटनामा मृ”त्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दु”र्घटनामा परेर मृ”त्यु भएका ७१ मध्ये २२ जनाको श”व पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो । काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई श”व कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ । पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृ”तकका परिवारलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दु”र्घटनामा ७१ जनाको मृ”त्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ ।

यो पनि पढ्नुहोस

काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठ”क्करबाट एक जनाको मृ”त्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठ”क्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृ”त्यु भएको हो । ट्रकको ठ”क्करबाट ग”म्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृ”त्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्र”हरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ट्रकको ठ”क्करबाट घा”इते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दु”र्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्र”हरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए।