जहाज दु’र्घटनाका मृ’तकहरुको शव अत्यधिक ज’लेका कारण पहिचान गर्न समस्या


पोखरा हवाई दु”र्घटनामा मृ’त्यु भएकामध्ये अझै १४ जनाको श’व पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको श”व पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए । उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो ।

“ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट श”व पहिचान गर्न समस्या भएको छ”, उनले भने, “आज साँझसम्म पनि हामी श”व पहिचान गर्ने कोसिस गर्दछौँ । उनका अनुसार फरेन्सिक विधिबाट श”व पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए ।

डिएनए परीक्षणबाट श”व पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उहाँले जानकारी दिए । फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव ल्याइएको थियो । यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दु”र्घटना भएको थियो । दु”र्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको नि”धन भएको थियो ।

यो पनि पढ्नुहोस

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आ’गलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृ”त्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घा”इते भएका छन् । त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो स”ल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।

जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको श”व निकालेको र अरु चार जनालाई अस्पताल पु¥याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ । सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ । आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।