सुर्खेतको भेरीमा जिप दु”र्घटना हुँदा ४ जनाको मृ”त्यु !


वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, झुप्राखोला भन्ने ठाउँमा जिप दु”र्घटना हुँदा ४ जनाको मृ”त्यु भएको छ । रत्न राजमार्गमा गुडिरहेको बेला जिल अनियन्त्रित भएर करिब ८० मिटर तल खसेर सो दुर्घटना भएको हो । दुर्घ”टनामा परी मृ”त्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको सुर्खेत प्रह’रीले जनाएको छ ।

छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको जीप झुप्राखोलास्थित रत्नराजमार्गमा आज बिहान करिब साढे २ बजेतिर दु”र्घटना भएको प्रहरीको भनाइ छ । जिप खसेपछि उनीहरू ग”म्भीर घा”इते भएका थिए । तत्कालै कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि लगिए पनि बाँच्न सकेनन्। दुर्घ”टनामा दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही पनि दु”र्घटनामा घा’इते भएका छन् ।

photo – Surkhet – सुर्खेत

यो पनि पढ्नुहोस

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ७५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।