दुई साता अगाडि भारतमा अप”हरणमा परेका जनकपुरधामका दुई युवाको श”व फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका-८का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको श”व भारतमा भेटिएको हो। मृ”तक दुबैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा नातेदारको घर गएका थिए। सोही ठाउँमा दुबै अप’हरणमा परेका हुन्।
भारतीय प्र”हरीले भारतको सोही क्षेत्रमा दुईवटा श”व फेला पारेपछि आइतबार बिहान मृ”तक युवकहरुको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो। मृ”तक दुबै जनाको शव अहिले भारतको बेला परिहार स्थित प्रहरी कार्यालयमा राखिएको छ। शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। आफन्तको घर भारत पुगेका दुबै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा ५० लाख मागेका अप”हरणकारीले पछि फिरौती रकम २० लाख मागेका थिए।
अप”हरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो। विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अप”हरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो। तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो।
यो पनि पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताएका छन् । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताए ।
“चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ”, उनले भने, “कालीगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।”
प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसतापूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। उद्योगी व्यवसायीलाई अहिले गाह्रो परेको सरकारले महसुस गरेको छ”, अधिकारीले भने, “धैर्य गर्नुहोस्, उद्योग व्यवसाय बन्द नगर्नुहोस् । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस् ।”
सङ्घीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गरे । उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउँदै उहाँले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन, कानुन बनाउने प्रतिबद्धता जनाए ।