कास्कीको पोखरामा भएको यती एयरलाइन्सको जहाज दु”र्घटनामा ज्यान गु”माएका महेन्द्रनगरका आमा छोराको अन्त्यष्टि गरिएको छ। भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका कान्छा छोरा श्लोकको श’व शुक्रबार बेलुका काठमाडौंँबाट महेन्द्रनगर ल्याइएको थियो।शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्परा अनुसार उनीहरुको दाह’संस्कार गरिएको पारिवाररिक स्रोतले जनाएको छ। गत आइतबार काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दु’र्घटनाग्रस्त भएको थियो।दुर्घ”टनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।
यो पनि पढ्नुहोस
जनकपुरधामका दुई युवाको भारतमा अप”हरण पछि ह”त्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृ”तक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अप”हरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।
विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भएपनि अंसबन्डा पछि अलगअलग भएका थिए । शव अहिले भारतको बेला परिहार पर्सास्थित प्र”हरी चौकीमा राखिएको र नेपाल प्र”हरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घ”टनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृ”तकका परिवारजनले श”व चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताउनुभएको छ ।
विष्णुको परिवारले अप”हरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो । अप”हरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उहाँले बताउनु भयो । भारतीय प्र”हरीले भारतको सोही क्षेत्रमा दुई श”व भेटेपछि आईतवार बिहान मृ”तक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ ।