दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झु.ण्डि.ए.को अवस्थामा मृ.त फेला परेका छन्। कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झु.न्डि.ए.र आ.त्म.ह.”त्या ग.रेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पा”सो लगाएर दुबै जनाले आ.त्म.ह.”त्या गरेको पाइएको छ।
अहिले घ”टनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ। घट”नाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए। मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आ.त्म.ह.त्याको बाटो रोज्नु परेको आ.रोप लगाएका छन्। करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले अन्नपूर्णलाई बताए। केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए।
प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आ रोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ-आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे।’ गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झु.न्डि.ए.र आ.त्म.ह.त्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घ”टना घटेको स्थानीयवासी बताउँछन्।
यो पनि पढ्नुहोस
नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्याएपछि माओवादीले दुई मन्त्री पाउँदैछ ।
जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित हुनुभएको थियो । उनान्चालीस वर्षीय उहाँ माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत हुनुहुन्छ । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । जुज्जाली सहिद परिवारको सदस्य हुनुहुन्छ ।
पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जित्नुभएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिनुभएको थियो ।