कञ्चनपुरमा १४ वर्षीया बालिकाले अबैद रुपमा शिशुलाई जन्म दिएकी छन । जिल्लाको बेलौरी नगरपालिका–८ को कलकत्ता निवासी ति बालिकाले माघ ३ गते शिशु छोरालाई जन्माएको घ’टना सार्वजनिक भएको छ । ‘बालिकाको गर्भमा शिशु महिना दिनको हुँदा नै परिवारले थाहा पाइसकेको तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेकाले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले जानकारी दिनुभएको छ ।
गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको उहाको भनाई रहेको छ । बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने नखुलेकोले स्थानीय बासिन्दाको दबाबपछि बालिकाका आमाबुवाले भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनुभएको छ । भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको उहाको भनाई छ ।
प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आ’रोप लगाएका छन् । बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन ।
यो पनि पढ्नुहोस
बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेककी २६ वर्षीया ग’र्भवती जानकी विकको ज्या’न गएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि उपचारमा ढिलाइ हुँदा ज्यान गएको हो । चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ’, उहाँले भन्नुभयो, ’ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जानकारी पाएका छौँ ।’
विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले विकको अस्पताल आउनुअघि बाटोमै ज्यान गइसकेको र बच्चाको पनि पेटमै ज्या’न गइसकेको जानकारी दिनुभयो ।