वालिङ हेलिकप्टर अवतरण घटना : पाइलटलाई कु’टपिट गर्ने ६ जना पक्राउ


स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलटलाई कु”टपिट गरेको आ;;रोपमा प्रहरीले ६ जनालाई प”क्राउ गरेको छ । जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले प्रभु एयरको हेलिकप्टर पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले प”क्राउ गरेको हो। माघ ५ गते दिउँसो वालिङ नगरपालिका–८ स्थित खेल मैदान चलिरहेको बेला प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो। उक्त हेलिकप्टरमा पाइलट रानेश डंगोलसहित चार जना सवार थिए।

सुरुमा कोही बिरामी लिन आएको रहेछ भनेर जारी खेल रोकिएको थियो । तर, हेलिकप्टरबाट पाइलटसहित युवाहरु झरेपछि झ’डप भएको थियो । हेलिकप्टरमा स्थानीय यात्रुहरु विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार रहेका थिए। उनीहरूले नै जबरजस्ती पाइलटलाई खेल चलिरहेको मैदानमा हेलिकप्टर अवतरण गराएका थिए ।

यो पनि पढ्नुहोस

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले भने, “सदनको नेतृत्वले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेर संसद्लाई रसपूर्ण बनाउनुपर्छ, त्यसतर्फ सभामुखको ध्यान जानुपर्छ ।”

बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सभामुखले जनताको आवाज मुखरित गर्ने संसद्मा दलहरुलाई विभेद गर्ने गरिएको पाइएको जनाउँदै दलहरुलाई उपयुक्त अवसर उपलब्ध गराउन माग गरे। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सभामुख उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।