पशुपतिको जंगलमा ज’लेको अवस्थामा भेटिए भक्तपुरका सुजन शिल्पकार


पशुपति क्षेत्रको जंगलमा गत पुस ३० गते अर्ध ज”लेको अवस्थामा एक पुरुषको श’व भेटिएको थियो। यो शव भक्तपुरको फर्निचर व्यवसायी सुजन शिल्पकारको भएको पुष्टि भएको छ।उपत्यका अप’राध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार पशुपति मन्दिरको जंगलमा रहेको किरातेश्वर मन्दिर नजिकै शरीरको तल्लो भाग जलेको अवस्थामा एक युवकको शव भेटिएको थियो तर पहिचान भएको थिएन।

महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार २५ वर्षीय सुजन फर्निेचर व्यवसायी रहेको खुलेको छ। उनले रेडिमेड ढोका व्यापार गर्दे आएका थिए। उनी गत पुस २९ गते दिउँसो ४ बजेतिर पसल बन्द गरी पशुपती तिर लागेका थिए। परिवारले उनलाई साझ ६ बजेतिर फोन गरेका थिए। परिवारको भनाइ उदृत गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘अविवाहित सुजनको ह”त्या कि आत्मह”त्या अनुसनधान भइरहेको छ। घ”टनास्थल नजिक पेट्रोल भरिएको बोतल भेटिएको थियो।

आत्मह”त्या गरेको हुनसक्ने सम्भावना पनि छ। अनुसन्धानका क्रममा उनको मोवाइल फेला पारेका छौँ। मोवाइलकै आधारमा उनको पहिचान भएको हो।’

यो पनि पढ्नुहोस

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आ”गो लगाउने इलामका प्रेमप्रसाद आचार्यको मृ”त्यु भएको छ । आ”त्मदाहको प्रयास गरेका उनलाई प्र”हरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । इलाम, पञ्चकन्याका ३७ वर्षीय आचार्यले आफैँले शरीरमा पट्रोल छर्किएर मंगलबार अपराह्न आगो लगाएका थिए ।

घ”टनाअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै कुनै उपाय लगाउँदा पनि बाच्न नसक्ने अवस्थाका कारण मृ”त्युलाई रोज्न बाध्य भएको उल्लेख गरेका थिए । विभिन्न व्यवसाय गर्दा धेरै ऋणमा डुबेर गरी खान नसक्ने स्थितिमा पुगेकाले आत्मह”त्याको निर्णय लिन पुगेको स्टाटसमा लेखेका छन् । उनी विवेकशील साझा पार्टीको इलाम जिल्लाको जिल्ला संयोजकसमेत रहेको खुलेको छ ।