छोरी जन्मेको तीनदिनपछि मार्ने उद्देस्यले जंगलमा लगेर फाल्ने बाबु प’क्राउ


तीन दिनकी नवाजात शिशु ( छोरी) फाल्ने बाबु विरुद्ध सुनसरी प्र’हरीले मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ। नवजात शिशुलाई सुनसरीको दुहबी नगरपालिका-१० का ३३ वर्षीय अमितलाल चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा फालेका थिए। अमितलाइ प’क्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।

उनले सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाइ हिरासतमा राखेर घ’टनाको अनुसन्धान थालिएको बताए। बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए। शिशु माघ ४ गते बीपी प्रतिष्ठान मै जन्मिएको चिकित्सकले बताए पश्चात प्र”हरीले शनिबार अमित र बिन्दालाइ प”क्राउ गरेको थियो। बिन्दालाइ रिहा गरेसँगै शिशुलाई आमाको जिम्मा लगाइएको इलाका प्र’हरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए।

अमितसँगै प”क्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्र”हरीले रिहा गरिदिएको छ। उनले नवजात शिशु जंगलमा फालेको घ’टनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको बताए। माघ ४ गते जन्मिएकी शिशुलाइ चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा लगेर फालेका थिए। जंगलमा वस्तु चराउन गएका गोठालाले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले नवजात शिशु लाई ह”त्या गर्ने उदेश्यले जंगलमा फाल्ने बाबुलाई प”क्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सुनसरी प्र”हरीलाई धन्यवाद दिए।उनले जनप्रतिनिधि र प्र’हरीले बेलैमा शिशुको उद्दार गरी ज्यान बचाउन सफल भएको बताए। इलाका प्र’हरी कार्यालय धरानका तीनजन महिला प्रहरीलाइ कुरुवा राखेर शिशुको उपचार गरिएको थियो।

यो पनि पढ्नुहोस

पशुपति क्षेत्रको जंगलमा गत पुस ३० गते अर्ध ज’लेको अवस्थामा एक पुरुषको श’व भेटिएको थियो। यो शव भक्तपुरको फर्निचर व्यवसायी सुजन शिल्पकारको भएको पुष्टि भएको छ। उपत्यका अप”राध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार पशुपति मन्दिरको जंगलमा रहेको किरातेश्वर मन्दिर नजिकै शरीरको तल्लो भाग जले”को अवस्थामा एक युवकको शव भेटिएको थियो तर पहिचान भएको थिएन।

महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार २५ वर्षीय सुजन फर्निेचर व्यवसायी रहेको खुलेको छ। उनले रेडिमेड ढोका व्यापार गर्दे आएका थिए। उनी गत पुस २९ गते दिउँसो ४ बजेतिर पसल बन्द गरी पशुपती तिर लागेका थिए। परिवारले उनलाई साझ ६ बजेतिर फोन गरेका थिए। परिवारको भनाइ उदृत गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘अविवाहित सुजनको ह”त्या कि आत्मह”त्या अनुसनधान भइरहेको छ। घ”टनास्थल नजिक पेट्रोल भरिएको बोतल भेटिएको थियो।

आत्मह”’त्या गरेको हुनसक्ने सम्भावना पनि छ। अनुसन्धानका क्रममा उनको मोवाइल फेला पारेका छौँ। मोवाइलकै आधारमा उनको पहिचान भएको हो।’