बाजुरा भूकम्प : एकको मृत्यु, तीन घा’इते ५८ घरमा क्षति


भूकम्पले बाजुरामा मानवीयका साथै ठूलो भौतिक क्षति गरेको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु बनाएर आएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पले सरकारी र स्थानीयका गरी ५८ वटा घरमा क्षति पुगेको छ । केही घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ढुङ्गा र माटोबाट बनेका स्थानीयका केही घर च’र्किएर बस्नै नमिल्ने भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । भूकम्पपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण संकलन पठाइएको थियो । प्राप्त विवरणअनुसार मंगरबार राति १० बजेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्यांक संकलन भएको उनले बताए ।

यसका साथै भूकम्पका कारण जिल्लामा तीन जना घा’इते भएका छन् । घा”इते भएका तीन जनामध्ये दुईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घा”इते हुनेमा गौमुल गाउँपालिका–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की चन्द्र महत र हुम्ला जिल्ला घर भइ हिमाली गाउँपालिका–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घ”टनास्थलमै मृ”त्यु भएको छ । गौमुल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाउँदा भिरबाट ढुङ्गा खसेर टाउकोमा लागेर घ”टनास्थलमै मृ”त्यु भएको प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । मृ”तक रोकायाको पो”ष्टमार्टमका लागि बुधबार जिल्ला अस्पताल बाजुरा लगिँदैछ । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महत भने उपचारपछि घर फर्किएका छन्।

यो पनि पढ्नुहोस
पशुपति क्षेत्रको जंगलमा गत पुस ३० गते अर्ध ज’लेको अवस्थामा एक पुरुषको श’व भेटिएको थियो। यो शव भक्तपुरको फर्निचर व्यवसायी सुजन शिल्पकारको भएको पुष्टि भएको छ। उपत्यका अ”पराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार पशुपति मन्दिरको जंगलमा रहेको किरातेश्वर मन्दिर नजिकै शरीरको तल्लो भाग जलेको अवस्थामा एक युवकको शव भेटिएको थियो तर पहिचान भएको थिएन।

महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार २५ वर्षीय सुजन फर्निेचर व्यवसायी रहेको खुलेको छ। उनले रेडिमेड ढोका व्यापार गर्दे आएका थिए। उनी गत पुस २९ गते दिउँसो ४ बजेतिर पसल बन्द गरी पशुपती तिर लागेका थिए। परिवारले उनलाई साझ ६ बजेतिर फोन गरेका थिए। परिवारको भनाइ उदृत गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्,

‘अविवाहित सुजनको हत्या कि आत्मह”’त्या अनुसनधान भइरहेको छ। घ”टनास्थल नजिक पेट्रोल भरिएको बोतल भेटिएको थियो। आत्मह”त्या गरेको हुनसक्ने सम्भावना पनि छ। अनुसन्धानका क्रममा उनको मोवाइल फेला पारेका छौँ। मोवाइलकै आधारमा उनको पहिचान भएको हो।’