नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको मृ”त्यु भएको छ । आ”त्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृ”त्यु भएको अस्पतालले जानकारी दिएको छ । इलाम, पञ्चकन्याका ३७ वर्षीय आचार्यले आफैँले शरीरमा प ‘ट्रोल छर्किएर मंगलबार अपराह्न आगो लगाएका थिए ।
घ”टनाअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै कुनै उपाय लगाउँदा पनि बाच्न नसक्ने अवस्थाका कारण मृत्युलाई रोज्न बाध्य भएको उल्लेख गरेका थिए । विभिन्न व्यवसाय गर्दा धेरै ऋणमा डुबेर गरी खान नसक्ने स्थितिमा पुगेकाले आत्महत्याको निर्णय लिन पुगेको स्टाटसमा लेखेका छन् । उनी विवेकशील साझा पार्टीको इलाम जिल्लाको जिल्ला संयोजकसमेत रहेको खुलेको छ ।
यो पनि पढ्नुहोस
भूकम्पले बाजुरामा मानवीयका साथै ठूलो भौतिक क्षति गरेको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु बनाएर आएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पले सरकारी र स्थानीयका गरी ५८ वटा घरमा क्षति पुगेको छ । केही घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घ”टनास्थलमै मृ”त्यु भएको छ ।
गौमुल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाउँदा भिरबाट ढुङ्गा खसेर टाउकोमा लागेर घ”टनास्थलमै मृ”त्यु भएको प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । मृ”तक रोकायाको पो”ष्टमार्टमका लागि बुधबार जिल्ला अस्पताल बाजुरा लगिँदैछ । यसका साथै भूकम्पका कारण जिल्लामा तीन जना घा”इते भएका छन् । घा”’इते भएका तीन जनामध्ये दुईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।